खेल

म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब

म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब
माघ–६ । डेलोइटले प्रकाशित गरेको सूचीको अुनसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब बनेको छ । यसअघि रियल मड्रिड ११ वर्षसम्म विश्वको धनी क्लब रहेको थियो । डेलोइटको तथ्यांक अनुसार म्यानचेस्टर युनाइटेडले सन् २०१५/१६ को सिजनमा ६८९ मिलियन युरो आम्दानी गरेको छ । उक्त राजश्व त्यसअघिको सिजन भन्दा १०० मिलियन युरो बढी रहेको छ । डेलोइट फुटबल मनी लिगमा म्यानचेस्टर युनाइटेड सन् २००३/०४ को सिजनपछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । स्पेनिस क्लब बार्सिलोना दोस्रो स्थानमै कायम रहेको छ भने ११ पटक शीर्ष स्थानमा रहेको रियल मड्रिड भने तेस्रो स्थानमा झरेको छ । आम्दानीको हिसावले शीर्ष २० क्लवले त्यसअघिका सिजनभन्दा १२ प्रतिशतले बृद्धि गर्दै ७.४ विलियन युरोको नयाँ कीर्तिमान समेत बनाएको छ ।

डेलोइट म्यानचेस्टर युनाइटेड विश्वकै धनी क्लब

विशेष