समाज

अन्डाको मूल्य घट्यो

अन्डाको मूल्य घट्यो
माघ–६ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक संघ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । चितवन जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३४५  र बिक्री मूल्य रु ३५० कायम गरिएको छ । मध्यम अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३२५  र बिक्री मूल्य रु ३३० कायम गरिएको छ । यसअघि, ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३५५  र बिक्री मूल्य रु ३६५ कायम गरिएको थियो भने मिडियम अन्डा फार्म मूल्य रु ३४० र बिक्री मूल्य रु ३५० थियो । जिल्लामा दैनिक करिब ९ लाख अन्डा उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ९० प्रतिशत अन्डा काठमाडौं, पोखरालगायत पूर्वी नेपालमा निर्यात गरिन्छ । व्यवसायीले मौसम र समयको परिस्थिति हेरी अन्डाको मूल्य हेरफेर गर्दै आएका छन् । रासस  

अन्डा मूल्य

विशेष