समाज

के यमबुद्धले आत्महत्या गरेकै हुन त ! यस्तो पोस्टमार्टम रिर्पोट

माघ – ६ । यमबुद्ध (अनिल अधिकारी)को पोस्टमार्टम रिर्पोट सार्वजनिक भएकाे छ । पोस्टमार्टम रिपोर्टअनुसार उनले आत्महत्या नै गरेको पुष्टी भएको छ । नर्थविक पार्क हस्पिटलले सार्वजनिक गरेको पोष्टमार्टन रिपोर्टमा अनिलले आत्महत्या नै गरेको पुष्टी भएको हो ।
यमबुद्ध गत शनिबार बाथरुममा बेल्टले भुण्डिएको अवस्थामा भेटिएका थिए । आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका हुन् । बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा यम बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए । रिपोर्ट अनुसार आत्महत्या हुनुभन्दा अघि उनले मदिरा सेवन गरेको देखिएको छ । उनको निधनको कारण अहिलेसम्म पत्ता लागेको छैन । उनी विगत २ वर्षदेखि श्रीमतीसँगै विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए । ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदैछु म’, ‘फुटपाथ मेरो घर’, ‘यो प्रसंग’, ‘दिदी’, ‘अन्त्यको सुरुवात’, ‘नाचन’ र ‘आमा’ जस्ता चर्चित गीत गाएका यम युवाहरू माझ निकै लोकप्रिय छन् । उनलाई उनका फ्यानहरूले ‘किङ अर्फ यापर’ को उपमा दिएका छन् । यमबुद्ध आफ्नो नयाँ एल्बम ‘खतरा’ लिएर आउने तयारीमा थिए । उनले आत्महत्या गर्नुभन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए । परिवारका सदस्यहरू यमको निधनले शोकाकुल छन् । उनीहरू काठमाडौंको मैतीदेवीमा उनको अन्तिम श्रद्धाञ्जलीको लागि कुरेर बसेका छन् । उनको शरीरलाई नेपालमै सतगत गराउने परिवारका सदस्यले जानकारी दिए ।

Yambudha

विशेष