मनोरञ्जन

दोस्रो पटक पनि जितिन प्रियंकाले पिपुल्स च्वाइस अवार्ड

दोस्रो पटक पनि जितिन प्रियंकाले पिपुल्स च्वाइस अवार्ड

प्रियंका चोपडाले दोस्रो पटक पनि टिभी सो क्वान्टिको पिपुल्स च्वाइस अवार्ड आफ्नो पोल्टोमा पारेकी छिन् । अभिनेत्री एलेन पोम्पिओ र वियोल डेविजलाई पछाडि छोड्दै उनले ड्रामेटिक टिभी अभिनेत्रीको यो अवार्डमा आफ्नो नाम लेखाएकी हुन् । विजेता घोषितपछि उनले आफ्नी आमा मधु चोपडालाई अंगालो मारिन र अवार्ड लिन अगाडि बडिन् । ३४ वर्षीया चोपडा अवार्ड कार्यक्रममा पिच ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् । उनले अवार्ड लिइसकेपछि आफ्नी को–स्टार्स र नोमिनेट भएका अन्य कलाकारलाई धन्यवाद ज्ञापन गरेन् । उनले आफ्ना फ्यानलाई पनि धन्यवाद ज्ञापन गरिकी थिइन् । उनको उक्त शो आउँदो सोमबारबाट प्रशारण हुन बताइन् । प्रियंकाको अलावा २०१७ पिपल च्वाइस अवार्डमा भारतीय मूलकी लिली सिंहलाई पनि फेब्रेट यूट्यब स्टारका श्रेणीमा नामांकिन गरिएको थियो ।

people choice award Priyanka Chopara

विशेष