बार्सिलोना विजयी

माघ ७ – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले हराएको हो ।
बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।
la liga
