खेल

युवराज चम्किएपछि भारतले इङ्ल्याण्डलाई हरायो

युवराज चम्किएपछि भारतले इङ्ल्याण्डलाई हरायो

माघ ७ । युवराज सिंह र महेन्द्रसिंह धोनीको शतकीय योगदानको मद्दतमा भारतले इंग्ल्यान्डविरुद्धको तीन एकदिवसीय सिरिज २–० ले जितेको छ ।

बिहीबार कट्टक रंगशालामा इंग्ल्यान्डलाई १५ रनले हराउँदै एक खेलअघि नै सिरिज जितेको हो । पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३ सय ८१ रन बनाएको थियो ।

जवाफि व्याटिङमा इंग्ल्यान्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६६ रन जोड्यो । मोर्गानको रनआउट टर्निङ प्वाइन्ट इंग्ल्यान्डले अन्तिम १२ बलमा ३३ रन जोड्नुपर्ने थियो । क्रिजमा इयान मोर्गान र लिएम प्लुकेट थिए ।

दुवै आक्रामक रूपमा प्रस्तुत हुँदा भारत चर्को दबाबमा थियो । इनिङको ४८.३ ओभरमा इंग्ल्यान्डले महत्वपूर्ण विकेटका रूपमा मोर्गानलाई रनआउटका रूपमा गुमायो । प्लुकेटले सीधा प्रहार गरेको बल बलर जसप्रित बुमराहले समातेका थिए । त्यसवेला मोर्गान रन लिन क्रिजअगाडि बढेका थिए । जसप्रितले सहजै मोर्गानलाई रनआउट गर्दैै खेल भारतको पक्षमा ल्याए ।

India England

विशेष