खेल

१२ वर्षपछि पाकिस्तान अस्ट्रेलियालाई हराउन सफल

१२ वर्षपछि पाकिस्तान अस्ट्रेलियालाई हराउन सफल
माघ–७ । एक दिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले १२ वर्षपछि अस्ट्रेलियालाई पराजित गर्न सफल भएको छ । पाकिस्तानले अस्ट्रेलियालाई मेलबर्न क्रिकेट मैदानमा ६ विकेटले हराएको हो । २००५ पछि पहिलो पटक अस्ट्रेलियालाई हराउन पाकिस्तानले ४७.४ ओभरमा ४ विकेट गुमाएर २ सय २१ रन बनाएको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८.२ ओभरमा २ सय २० रन जोडेको थियो । पाकिस्तानको जितमा उप–कप्तान अब्दुल हाफिज र ओपनर मलिकले उत्कृष्ट ब्याटिङ गरे । हफिजले सुरुवाती ३ विकेटसम्म गतिलो साझेदारी निर्वाह गरे । हाफिजले १ सय बलमा ८ चौकाको सहयोगमा ७२ रनको योगदान दिए । त्यस्तै मलिकले अस्ट्रेलियाको योजना विफल पार्दै ५२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रनको योगदान दिए । जितसँगै पाकिस्तानले अस्ट्रेलियासँगको हार शृंखला तोडेको छ ।

अस्ट्रेलिया एक दिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान

विशेष