खेल

१० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो

१० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो
माघ–७ । बार्सिलोनाले कोपा डेल रेअन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियल सोसिडाडलाई हराउँदै आफ्नो इतिहास फेरेको छ । २००७ देखि सोसिडाडको मैदान एनोइटामा हराउन नसकेको इतिहासलाई बार्सिलोनाले १–० ले हराउँदै फेरेको हो । १० वर्षपछि सोसिडाडलाई उसकै घरेलु मैदानमा हराउन नेइमारले गोल गरेका थिए । उनले पहिलो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको २१ मिनेटमा नेइमारलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीको अवसरमा नेइमारले बार्सिलोनाको लागि गोल गर्दै जित दिलाए । जितसँगै बार्सिलोनाको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगको खेल आउँदो बिहीबार बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ ।

कोपा डेल रे बार्सिलोना रियल सोसिडाड

विशेष