राजविराजमा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय

माघ–७ । राजविराजमा फेला परेको शङ्कास्पद ग्रिनेड बमलाई नेपाली सेनाले शुक्रबार अपराह्न निष्क्रिय पारेको छ ।
राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएका सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निष्क्रिय पारिएको सेनाले जनाएको छ । राजविराज नगरपालिका–१ स्थित फनसराज दुगडको घर अगाडि सो बम फेला परेको थियो । सो बम रहेको हल्लाले यहाँको अवस्था तनावपूर्ण थियो ।
बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चासमेत भेटिएका छन् । रासस
निष्क्रिय
बम
राजविराज