खेल

धोनीले म्याकुलमलाई छक्का प्रहारमा उछिने

धोनीले म्याकुलमलाई छक्का प्रहारमा उछिने
माघ–७ । एकदिवसीय क्रिकेटमा भारततर्फबाट सबैभन्दा धेरै छक्का हान्ने पूर्व कप्तान महेन्द्रसिंह धोनीले विश्व वरियतामा न्यूजिल्याण्डका ब्रान्डन म्याकुलमलाई उछिनेका छन् । धोनीले इङ्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीयमा ६ वटा छक्का प्रहार गरेर १ सय ३४ रन बनाएसँगै म्याकुलमको एकदिवसीयमा २ सय छक्काको कीर्तिमानलाई उछिनेका हुन् । एकदिवसीय क्रिकेटमा २ सय ३ वटा छक्का प्रहार गर्दै उनी चौथो स्थानमा उक्लिएका छन् । एकदिवसीयमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा पाकिस्तानको खेलाडी साहिद आफ्रिदी छन् । उनले एकदिवसीयमा ३ सय ५१ छक्का प्रहार गरेका छन् । त्यस्तै २ सय ७० छक्का प्रहारका साथ श्रीलंकाका सनथ जयसूर्या दोस्रो स्थानमा छन् र तेस्रो नम्बरमा रहेका वेष्ट इन्डिजका क्रिस गेलले २ सय ३८ छक्का प्रहार गरेका छन् ।

एकदिवसीय क्रिकेट महेन्द्रसिंह धोनी

विशेष