खेल

मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना

मड्रिडका अध्यक्षको रोनाल्डोलाई चीनमा बेच्ने योजना
माघ–७ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई चाइनिज क्लबमा मड्रिडका अध्यक्षले बेच्न चाहेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएको छ । केही समयअघि मात्र बालोन डि ओर र फिफा वर्ष खेलाडीको अवार्ड पाएका रोनाल्डोले अघिल्लो वर्ष मड्रिडमा पाँच वर्षको अनुबन्ध समयमा हप्ताको ३६५ हजार यूरोका साथ हस्ताक्षर गरेका थिए । तर मड्रिडका अध्यक्ष पेरेजले उनलाई २०१८ को गर्मीयाममा चीनमा बेच्ने योजना बनाएको कुरा बाहिरिएको छ । रोनाल्डोले उत्कृष्ट प्रदर्शनीका साथ अहिलेको सिजनमा २२ खेलबाट १८ गोल गरेका थिए । तर अध्यक्ष पेरेजले उनलाई चीनमा बेचेर सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट किन्दा खर्च गरेको ८० मिलियन यूरो फिर्ता लिन सक्छन् ।

क्रिस्टियानो रोनाल्डो रियल मड्रिड

विशेष