मनोरञ्जन

किंग खानकाे स्टारडम नै हल्लाइदिएका १० फिल्म, के रईसले स्टारडम बचाइ राख्ला ?

किंग खानकाे स्टारडम नै हल्लाइदिएका १० फिल्म, के रईसले स्टारडम बचाइ राख्ला ?

शाहरुखको रईस र हिृतक रोशनको काबिलको रिलिज डेट नजिकिएसँगै विभिन्न गसिप बाहिन थालेका छन् । उनीहरुबिच केही विवाद पनि देखिएको छ । दुबै फिल्मले बक्स अफिसमा कस्तो कमाल बचाउने हुन त्यो त भविष्यले नै देखाउला । किंग खानले परिचत शाहरुख कुनै बेला उनको क्यारिअरमा यस्ता फिल्म खेले जसले उनको क्यारिअरमा असर पार्न गएको थियो । तर अहिले भने उनी फिल्म खेलेबापत करोडौँ फिस लिने गर्दछन् । शाहरुखलाई पनि उक्त फिल्मलाई लिएर दुःख लाग्ने बताउँछन् । उनले खेलका अहिले सम्मकै सबैभन्दा खराब फिल्म यी हुन्ः गुड्डु ः १९९५ मा आएको यो फिल्ममा शाहरुख खान, मनिषा कोइराला र दीप्ति नवलको मुख्य भूमिका थियो । फिल्ममा कथा इमोशनल थियो तर पनि यति ठूला कलाकार हुँदा पनि यो यो फिल्म सफल हुन सकेन । बक्स अफिलसमा पनि राम्रो प्रदर्शन दखाउन सकेन । त्रिमूर्ति ः यो मुकल आनन्दको अन्तिम निर्देशन फिल्म हो । यो फिल्म शाहरुखका साथै जैकी श्राप, अनिल कपूर पनि थिए । यसको जर्वजस्त ओपनिङ भयो तर बस्क अफिसमा फ्लप साबित भयो । अशोका ः यस फिल्ममा एक्टरका साथसाथै उनी प्रोड्यसर पनि थिए । यसमा उनी रोमान्टिक र नेगेटिभ अभिनयबाट अलग रहेर मौर्य राजवंशका राज अशोक पात्रको अभिनय गरेका थिए । यसमा उनको विपरित करिना कपूर थिइन् । यो फिल्मलाई पनि दर्शकले रुचाएनन् । अन्त्तः फिल्म फ्लप साबित भयो । राम जाने ः १९९५ मा बनेको अर्काे फिल्म राम जानेको पनि उस्त हालत भयो । राजीव वर्माले निर्देशन गरेको यो फिल्ममा शाहरुखले एउटा बच्चा ठूलो भएर कसरी ग्यांगस्टार बन्छ भन्ने देखाउन खोजिएको थियो । यो फिल्म आमिरको अकेले हाम अकेले तुम सँगै प्रदर्शन गरिएको थियो । यसले पनि राम्रो प्रभाव छोड्न सकेन । माया मेमसाहब ः १९९३ मा बनेको यो फिल्मले पनि बक्स अफिसमा कुनै खास कमाल देखाउन सकेन । केतन महेताको फिल्मले नेश्नल फिल्म अवार्डमा स्पेशल जुरी अवार्ड जित्न सफल भएको थियो । तर दर्शकको दिल जित्न भने सकेन । यस फिल्ममा शाहरुखसँगै दीपा शाही, राज बब्बर फारुख शेख र परेश रावलको मुख्य भुमिका थियो । तर, शाहरुख र दीपाको बोल्ड सिन भने खुबै चचिृन बनेको थियो । ओ डार्लिंग ये है इंडिया ः १९९५ मा आएको यो कमेडी फिल्म पनि खासै राम्रो प्रदर्शन गर्न सकेन । यसमा पनि शाहरुख दीपा शाहीसँग जोडि बाँधेका थिए । जावेद जाफरी र अनुपम खेर जस्ता चर्चित कलाकारले पनि अभिनय गरेका थिए तर बक्स अफिसमा भने कमाल गर्न सकेन । इंग्लिश बाबू देसी मैम ः शाहरुखको यो फिल्म १९९६ मा प्रदर्शन भएको थियो । शाहरुखसँगै सोनाली बेंद्रेको अभियन रहेको यो फिल्म पनि फ्लप फिल्म हो । वन टु का फोर ः यस फिल्ममा जुही चावलासँग देखिएका थिए शाहरुख खान । यसले पनि दर्शकको मन खिच्न सकेन । यो फिल्मले बक्स अफिसमा एउटा असफल फिल्मको दर्जा पायो । किंग अंकल ः यस फिल्ममा शाहरुखको अलावा परेश रावल, अुन अग्रवाल र जैकी श्राफले अभिनय गरेका थिए । फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेन । र खाहरुखको अर्को कमजोर फिल्मको दर्जा पायो । जमाना दीवाना ः १९९५मा रिलज भएका धेरै फिल्म असफल देखिए । त्यसै ताका रिलज भएको शाहरुखको अर्का फ्लप फिल्म हो जमाना दीवाना । यो फिल्ममा शाहरुखसँगै अनुपम खेर र रवीना टंडनले अभिनय गरेका थिए ।

रईस शाहरुख

विशेष