नेइमारले अभिनय गरेको फिल्मको ट्रेलर रिलिज (ट्रेलर सहित)


माघ – ७ । जादुमयी फुटबलर ब्राजिलयन स्ट्राइकर नेइमारले अभिनय गरेका चलचित्रको ट्रेलर रिलिज भएको छ । उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने भएको हो । बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँगै उनी देखिदै छन् । बार्सिलोनाका यी युवा स्ट्राइकरले सामुअल एल ज्याक्सनसँग एउटा रेष्टुराँमा गरेको एउटा संवाद भने आउँदो ‘ट्रिपल एक्स’ को अघिल्लो शृंखला (रिटर्नस् अफ द केज) को ट्रेलरमा सार्वजनिक गरिएको छ । दृश्यमा नेइमारले आफ्नो फुटबलको खुबी पनि देखाएका छन् । हेर्नुहोस् ट्रेलर
neymar xXx: Return of Xander Cage