स्वास्थ्य

शिवरात्रीपछि सेनाको अस्पतालबाट पनि सर्वसाधारणले उपचार गर्न पाउने

शिवरात्रीपछि सेनाको अस्पतालबाट पनि सर्वसाधारणले उपचार गर्न पाउने
माघ – ७ । शिवरात्रीपछि नेपाली सेनाको वीरेन्द्र शैनिक अस्पतालले सर्वसाधारणलाई बहिरंग सेवा दिन भएको छ । फागुन १३ गते पछि सर्वसाधारणले दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्म बहिरंग सेवा लिन सक्ने छन् । काठमाडौं बाहिर सेना कार्यरत अन्य २४ स्थानबाट पनि सेनाले सर्वसाधारणलाई बहिरंग सेवा दिने सहमती भएको छ । यसको लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोगमा ल्याइने सैद्धान्तिक सहमति भएको हो । विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लाहरुमा एनएमए, नेपाली सेना र स्वास्थ्य मन्त्रालय मिलेर सर्जिकल सुविधा सहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्तिहरुलाई सेनाकै अस्पतालको विशिष्ठ कक्षमा उपचार गर्ने अर्को सहमति भएको छ । अस्पतालको विशिष्ठ कक्षमा अति विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्थालाई छिट्टै कार्यान्वयनमा ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Birendra-Army-Hospital-Chhauni

विशेष