देश

त्रिशूलीमा ट्रक खस्याे, चालकको मृत्यु

त्रिशूलीमा ट्रक खस्याे, चालकको मृत्यु
माघ - ७ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा शुक्रबार ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ६ ख ७३७० नं को ट्रक त्रिशूली नदीमा खस्दा मकवानपुर जिल्ला मदनपोखरीका ३० वर्षीय चालक विवेक थिङको मत्यु भएको प्रहरीले जनाएको छ। चालकको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो। सोही गाडीका सहचालक १६ वर्षीय रोजन तितुन घाइते भएकाले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

road accident

विशेष