लिभरपुल युथ टिमको प्रशिक्षकमा पूर्व कप्तान जेरार्ड

माघ–९ । प्रिमियर लिग क्लब लिभरपुल तथा इंग्ल्याण्डका पूर्व कप्तान स्टिभन जेरार्ड लिभरपुलमा प्रशिक्षकका रुपमा फर्किने भएका छन् । ३६ वर्षका जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रुपमा रहनेछन् ।
उनले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलबाट ७ सय १० खेल खेलेका थिए । उनले आफ्नो खेलमा क्लबलाई ९ वटा उपाधि दिलाए । उनले गएको नोभेम्बरमा फुटबल खेलाडीबाट सन्यासको घोषणा गरेका थिए ।
लिभुरपुलको युथ टिमको प्रशिक्षकको सम्झौता भावनामा नभई क्षमताको आधारमा गरिएको क्लब र जेरार्डले बताएका छन् । जेरार्डले इंग्ल्याण्डको लागि १ सय १४ खेलमा कप्तानी गरेका थिए ।
युथ टिम
लिभरपुल
स्टिभन जेरार्ड