बेलायतबाट अग्निपीडितलाई सहयोग

माघ–९ । तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ ।
समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा दुई लाख ७४ हजार ५ सय ६७ रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए । बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताए । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।
गत पुस १ गते भएको आगलागीमा सङ्क्रान्ति बजारका २९ घर र तीनवटा टहरा जलेका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने १४ करोड आठ लाख बराबरको क्षति भएको थियो । रासस
अग्निपीडित
बेलायत