देश

सरोकार समितिद्वारा सडक डिभिजन कार्यालयकाे ध्यानाकर्षण

सरोकार समितिद्वारा सडक डिभिजन कार्यालयकाे ध्यानाकर्षण
माघ - ८ । जिल्लाको सड्क सरोकार समितिले शुक्रवार सडक डिभिजन कार्यालय चौरजहारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सडक डिभिजन कार्यालयद्वारा निर्माण गरिने जिल्लामा पर्ने सहायक राजमार्ग, सम्भावित रणनैतिक सड्क, क्षेत्रिय सडक तथा शहरी सडकहरुको निर्माण कार्यलाई गति दिनुका साथै गुणस्तरीयता कायम गर्न जिल्लाको सडक सरोकार समितिले सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो । [caption id="attachment_52010" align="alignnone" width="640"] फाेटाेः दीपबहादुर घर्ती[/caption]
रुकुमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयलाई शुक्रवार बुझाएको ध्यानकर्षण पत्रमार्फत आफूहरुले भेरी कोरीडोर भित्र पर्ने रुपैडिया, छिन्चु, जाजरकोट हुदै डोल्पा मरिम तेन्जे सहायक राजमार्ग अन्तरगत पर्ने खलंगा रिम्नामा भइरहेको कालोपत्रेको काम शान्तीचौतारावाट सुरु गर्नुपर्ने, पासागाड र बैरीतालको पुल यथासक्य निर्माण कार्य सम्पन्न गर्नु पर्ने, रिम्नादेखि छेपारेसम्मको मोटरबाटोको ट्रयाक तत्काल खोल्नु पर्ने माग राखेको जिल्ला सडक सरोकार समितिका अध्यक्ष अमरसिंह राठोरले जानकारी दिए । सम्भावित रणनैतिक सड्क अन्तरगत पर्ने छेडा चांँदे जुम्ला सडक, खलंगा पांचकाटिया कंयाल्दापाखा वारेकोट हुदै जुम्ला सडक र खलंगा पांचकाटिया पैंक व्याउलीढुंगा हुदै जुम्ला सडकको लागि सर्वे डिजाईन, ट्रयाक खोल्ने र स्तरउन्नतीका कामलाई एक साथले अगाडी बढाइ गाडी सञ्चालनको प्रक्रियालाई पनि अगाडी बढाउनु पर्ने माग राखिएको अध्यक्ष राठोरको भनाई रहेको छ । त्यसैगरी खलंगा– पांचकाटिया सडक अन्तरगत गारराङसी देखि नाउली सम्मको रेखाङकन परिवर्तनको माग गरिएको राठोरले जानकारी दिए । चालु आर्थिक बर्षमा जिल्लाका लागि स्वीकृत क्षेत्रिय तथा शहरी सडकहरुको गुणस्तरीय निर्माण कार्यमा सुनिश्चितताका लागि नियमित प्राविधिक परिचालन गर्नुका साथै सुपरीवेक्षण गर्नु पर्ने माग राखिएको अध्यक्ष राठोरले जानकारी दिए । जिल्लाको सडक सरोकार समितिले बुझाएको ध्यानकर्षण पत्र प्रति आफू निकै गम्भिर भएको बताउदै चौरजहारी सडक डिभिजन प्रमुख आशिष थापा मगरले भने्–“पासागाडको पुलका बिषयमा विभागमा कुरा चलिरहेको छ, सम्भवत अब छिट्टै टुङगो लाग्छ होला । खलंगा रिम्ना सडक खण्डकमा कालोपत्रेका लागि भइरहेको कामलाई आइतबारदेखि नै शान्तिचौतारावाट काम सुरु गराइने छ । रिम्नादेखि छेपारे सम्मको मोटरबाटोको ट्रयाक खोल्ने काम सडक डिभिजन कार्यालयवाटै गर्ने र केहि दिन भित्रै त्यसको सर्वे डिजाइनमा सडक डिभिजन कार्यालय लाग्ने छ ।” त्यसैगरि सम्भावित रणनैतिक सड्क अन्तरगतको छेडा चांँदे जुम्ला सडक र खलंगा पांचकाटिया जुम्ला सडकको लागि कार्यालयले तत्कालै टेण्डर खोली यसैबर्ष भित्र पश्चिमको थलह र यताको पाँचकाटिया सम्म बस चल्नेगरि काम गराउने डिभिजन प्रमुख थापाले जानकारी दिए । चालु आर्थिक बर्षमा जाजरकोट जिल्लाका लागि स्वीकृत भएर आएका ४ लाखका दरले बजेट रहेका शहरी सडक १३ वटा र ८ लाखका दरले बजेट रहेका क्षेत्रिय सडक १५ वटा रहेको डिभिजन प्रमुख थापाले बताए ।
साहयक राजमार्ग र बाइरोडको सेन्टर प्वान्टवाट १५ मिटरको दुरीमा दाँया र बाँया साइट छोड्नु पर्ने कानुनी प्रावधान रहेको सडक डिभिजन प्रमुख थापाले जानकारी दिए । सडक डिभिजन कार्यालयले मुख्य तथा सहायक राजमार्ग र रणनैतिक पुलहरुको मर्मत, सम्भार गर्ने कानुनले तोकेको जिम्मेवारी भएता पनि ब्यबहारिक रुपमा सडक डिभिजन कार्यालयले धेरै काम गर्नु परिरहेको प्रमुख थापाले जानकारी दिए । सडक डिभिजन कार्यालयवाट अगाडी बढाइने फाइलहरु क्षेत्रिय कार्यालय, बिभाग, मन्त्रालय हुदै अन्ततः राष्ट्रिय योजना आयोगसम्म पुर्याउनका लागि २० औं खुट्कीला पार गर्नु पर्ने भएको हुँदा योजना स्वीकृत गर्न निकै लामो समय लाग्नुका साथै केहि जटिलता पैदा हुने प्रमुख थापाले जानकारी दिए । रुकुमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले बिगत २०७१ सालदेखि डोल्पा, जाजरकोट र रुकुम जिल्ला भित्र पर्ने सहायक राजमार्ग, सम्भावित रणनैतिक सड्क, क्षेत्रिय सडक तथा शहरी सडकहरुको कामलाई हेर्दै आइरहेको छ ।
दीपबहादुर घर्ती/जाजरकोट

सडक डिभिजन

विशेष