खेल

स्वान्सी सिटीसँग लिभरपुल पराजित

स्वान्सी सिटीसँग लिभरपुल पराजित

माघ ९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा लिभरपुल पराजित भएको छ ।

आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई स्वान्सी सिटीले ३-२ ले हराएको हो । खेलमा स्वान्सी सिटीलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दुई गोल गरेभने जिल्फी सिगुर्डसनले एक गोल थपे । लिभरपुलका रोबर्टो फर्मीनोले दुई गोल गरेका थिए ।

राती भएको अर्को खेलमा स्टोक सिटीले म्यान्चेस्टर युनाईटेडलाई १-१ गोलको बराबरीमा रोकेको छ । खेलमा म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले एक आत्माघाति गोल गरेपछि स्टोकले अग्रता लिएको थियो ।

तर ९० औं मिनेटमा वायन रुनीले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २(२ गोलको बराबरी खेलेका छन् ।

खेलमा म्यान सिटीका लेरोए साने र केभिन डे ब्रायनले एक एक गोल गरेपछि टोटनह्याम २-० ले पछि पर्‍यो । तर लण्डन क्लवका लागि डेले अली र हिउङ मिन सनले एक एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा एभर्टनले क्रिष्टल प्यालेसलाई १-० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले मिडिल्सब्रोलाई ३(१ ले पराजित गर्‍यो ।

यसैगरी वेष्ट ब्रोमले सण्डरल्याण्डलाई २(० ले हराँउदा बर्नमाउथ र वाट्फोर्डले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज साउथह्याम्पटन र लेष्टर सिटी, आर्सनल र बर्न्ले तथा चेल्सी र हल सिटी भिड्नेछन् ।

Premiar leauge

विशेष