ला लिगामा रियलले मालगालाई हरायो

माघ ९ । चालिस खेलको अपराजित यात्रापछि लगातार दुई खेलमा हार व्येहोरेको रियल म्याड्रिडले स्पेनिश ला लिगा अन्तर्गतको खेलमा मालागालाई २–१ ले पराजित गरेको छ ।
खेलको ३५औं मिनेटमा सर्जियो रामोसको गोलले अग्रता लिएको म्याड्रिडका लागि कप्तान रामोसलेनै ४२ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
मालागाका वान्पीले ६३ औं मिनेटमा गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए । यस जितसंगै म्याड्रिडको अंक तालिकामा ४३ अंक भएको छ र शिर्ष स्थानमा यथावत छ । चार अंक कम बोकेको सेभिल्ला दोश्रो र ३८ अंकसहित बार्सिलोना तेश्रो स्थानमा रहेको छ ।
la liga