स्वास्थ्य

झापामा सुरु भयो पहिलो स्वास्थ्य महोत्सव

झापामा सुरु भयो पहिलो स्वास्थ्य महोत्सव

माघ ९ । झापाको मेचीनगरमा नेपालमै पहिलो पटक स्वास्थ्य मेला सुरु भएको छ । ५० जना भन्दा बढी विशेषज्ञ चिकित्सक लगायतको टोलीले एकैपटक बृद्ध बृद्धाको उपचार शुरु गरेर उक्त मaहोत्सवको उद्घाटन गरेका हुन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं १ समितिले आयोजना गरेको महोत्सवमा दाँत बाहेक सबै रोगका विशेषज्ञ सेवा उपलब्ध भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए । रगत जाँच, औषधि पनि निशूल्क उपलब्ध गराइएको शर्माले बताए ।

विशेषज्ञ चिकित्सकको सेवा लिन शनिबार विहानैदेखि महोत्सव स्थलमा सर्वसाधारणको घुईंचो लागेको थियो । उक्त महोत्सवबाट २५ हजार सर्वसाधारणले स्वास्थ्य उपचार पाउने आयोजकको अनुमान छ । महोत्सव माघ १४ गतेसम्म चल्नेछ ।

विशेष