समाज

सरोकार समितिले बुझायो सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र

सरोकार समितिले बुझायो सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र

माघ ८ । जिल्लाको सडक सरोकार समितिले शुक्रवार सडक डिभिजन कार्यालय चौरजहारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सडक डिभिजन कार्यालयद्धारा निर्माण गरिने जिल्लामा पर्ने सहायक राजमार्ग, सम्भावित रणनैतिक सडक, क्षेत्रिय सडक तथा शहरी सडकहरुको निर्माण कार्यलाई गति दिनुका साथै गुणस्तरीयता कायम गर्न जिल्लाको सडक सरोकार समितिले सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

रुकुमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयलाई शुक्रवार बुझाएको ध्यानकर्षण पत्रमार्फत आफुहरुले भेरी कोरीडोर भित्र पर्ने रुपैडिया, छिन्चु, जाजरकोट हुदै डोल्पा मरिम तेन्जे सहायक राजमार्ग अन्तरगत पर्ने खलंगा रिम्नामा भईरहेको कालोपत्रेको काम शान्तीचौतारावाट सुरु गर्नुपर्ने माग गरेकाे हाे ।

 पासागाड र बैरीतालको पुल यथासक्य निर्माण कार्य सम्पन्न गर्नु पर्ने, रिम्ना देखी छेपारेसम्मको मोटरबाटोको ट्रयाक तत्काल खोल्नु पर्ने माग राखेको जिल्ला सडक सरोकार समितिका अध्यक्ष अमरसिंह राठोरले जानकारी दिए ।

सम्भावित रणनैतिक सडक अन्तरगत पर्ने छेडा चांँदे जुम्ला सडक, खलंगा पांचकाटिया कंयाल्दापाखा वारेकोट हुदै जुम्ला सडक र खलंगा पांचकाटिया पैंक व्याउलीढुंगा हुदै जुम्ला सडकको लागि सर्वे डिजाईन, ट्रयाक खोल्ने र स्तरउन्नतीका कामलाई एक साथले अगाडी बढाई गाडी सञ्चालनको प्रक्रियालाई पनि अगाडी बढाउनु पर्ने माग राखिएको अध्यक्ष राठोरको भनाई रहेको छ ।

Sadak Jajarkot

विशेष