मनोरञ्जन

भारतीय चर्चित अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोपमा मुद्धा दर्ता

भारतीय चर्चित अभिनेत्रीविरुद्ध विजुली चोरीको आरोपमा मुद्धा दर्ता

माघ ९ । कुनै जमानाकी चर्चित भारतीय अभिनेत्री रति अग्निहोत्रीमाथी विजुली चोरीको आरोप लागेको छ ।

उनले आफ्नो फ्ल्याटमा रहेको विजुलीको मिटरमा चलाएर ४८ लाख ९६ हजार रुपैंयाको बिजुली चोरी गरेको भन्दै उनी र उनको श्रीमान् बिरबानी विरुद्ध बिजुली चोरीको उजुरी दर्ता भएको हो । प्रहरीका अनुसार रति मुम्बइको बर्लीको नेहरु प्लेनेटेरियम नजिकैको स्टर्लिङ्ग सी फेस अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरुले सोही अपार्टमेन्टमा रहेको बिजुलीको मिटर चलाएका हुन् ।

बृहन्मुम्बई विद्धुत आपुर्ती एवं परिवहन को सतर्कता टिमले रतिले गरिरहेको विजुली चोरी पत्ता लगाएका हुन् । जाँचकोक्रममा २०१३ अप्रिल देखी मिटर बिगारेर ४८ लाख ९६ हजार रुपैंया कम बिल निकालेको खुलेको छ ।

Rati Agnihotri

विशेष