मनोरञ्जन

आगामी दशैको फुलपातीमा निखिल र रेखा थापा भिड्दै

आगामी दशैको फुलपातीमा निखिल र रेखा थापा भिड्दै

माघ ९ ।  चैत्र ११ मा एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म ’निर्भय’ रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरिसकिएको रेखा थापा स्टारर ’डायरी’ पनि रिलिज तय थियो ।

अब भने चैत्रमा हुने भनिएको निखिल रेखा भिडन्त टरेको छ । फिल्म ’डायरी’ रिलिज पोष्टपोण्ड भएको छ । ओपचारिक घोषणा नगरिएपनि यो फिल्म तोकिएको मितिमा नआउने बताइएको छ । उता निर्देशक अनिल योञ्जन विरामी परेको कारण पनि रिलिज सरेको बताइन्छ ।

’डायरी’ वितरक गोविन्द शाहिले सोहि मितिमा आफुले नै वितरणको जिम्मा लिएको अर्को फिल्म ’लप्पन छप्पन’ रिलिज तोक्नु नै ’डायरी’ रिलिज नहुनु हो ।

तर निखिल र रेखाको भिडन्त भने अब अर्को बर्षको दशैंमा हुने पक्का जस्तै भएको छ । केहि दिन पहिले घोषणा गरिएको फिल्म ’रुद्रप्रिया’ र निखिलको डेब्यू फिल्म ’पिँजडा’बाट सापटी लिएर बनाउन लागिएको फिल्म ’पिंजडा ब्याक अगेन’ दुबै अर्को दशैंको फुलपातीमा रिलिजको घोषणा पछि पुनः रेखा भर्सेज निखिल भिडन्त हुने देखिएको हो ।

Rekha hapa

विशेष