मनोरञ्जन

सवारी दुर्घटनामा परिन् अभिनेत्री नम्रता श्रेष्ठ

सवारी दुर्घटनामा परिन् अभिनेत्री नम्रता श्रेष्ठ

माघ ९ ।  अभिनेत्री नम्रता श्रेष्ठ सुटिङबाट फर्कदै गर्दा सवारी दुर्घटनामा परेकी छिन् । उनीसँगै सुटिङका क्रममा रहेका चलचित्र ‘पर्व’का सह निर्देशक सरेश न्यौपाने दुर्घटनामा परेका छन् ।

चैत २५ गते प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘पर्व’को सुटिङमा रहेकी नम्रताको दुर्घटनाका कारण हातमा चोट लागेको छ । चोट लागेपछि सुटिङ प्रभावित भएको छ । नयाँ वानेश्वरमा एक ट्याक्सीले श्रेष्ठ र न्यौपाने चढेको टिभी फिल्मीको भ्यानलाई ठक्कर दिएको थियो । उनी गम्भिर घाईते भने भएकी छैनन् ।

कोशिश क्षेत्रीले तयार पारेको ‘पर्व’को कथामा नम्रता श्रेष्ठ, जेविका कार्की, माला लिम्बु मुख्य भूमिकामा छन् । चलचित्रको कथा सस्पेन्स भएको जनाइएको छ । सुवास गिरी र निकिता पौडेलले चलचित्रको निर्माण गरेका हुन् ।

Namrata Shrestha

विशेष