विमान दुर्घटनामा खेलाडी गुमाएको टोलीको बराबरी खेल
माघ–९ । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले विमान दुर्घटनामा १९ खेलाडी गुमाएपछिको पहिलो खेलमा बराबरी खेलेको छ ।
गएको नोभेम्बर २९ मा कोलम्बियामा भएको विमान दुर्घटनामा चापेकोएन्सेका खेलाडी तथा पदाधिकारीहरुले ज्यान गुमाएका थिए । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलको लिग च्याम्पियन क्लब पाल्मेइराससँग २–२ को बराबरी खेलेको हो ।
कोपा साउथअमेरिकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा विमान दुर्घटना भएको चापेकोएन्सले अहिले २२ नयाँ खेलाडी अनुबन्ध गरेको छ । दुर्घटनामा बाँच्न सफल भएका तीन खेलाडी मध्ये एरिना कोन्डा पाल्मेइराससँगको मैत्रीपूर्ण खेलमा उपस्थित भएका थिए ।
शनिबार राति भएको खेलमा २० हजार दर्शक उपस्थित थिए । दुर्घटनामा बाँच्न सफल भएको तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो । त्यस्तै दुर्घटनामा बाँच्न सफल भएका रेडियो पत्रकार राफाएल हेन्जेलले खेलको कमेन्ट्री गरेका थिए ।
खेलको ७१ औं मिनेटमा खेल रोकेर दुर्घटनामा ज्यान गुमाएका तथा बाँच्न सफल भएकालाई दर्शक तथा रंगशालमा उपस्थित सबैले सम्मान प्रकट गरेका थिए । त्यसपछि खेल फेरि नियमित गरिएको थियो ।
–एजेन्सी
चापेकोएन्से
पाल्मेइरास
मैत्रिपूर्ण खेल