खेल

रुनीको कीर्तिमानी गोलले युनाइटेडलाई हारबाट जोगायो

रुनीको कीर्तिमानी गोलले युनाइटेडलाई हारबाट जोगायो
माघ–९ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार स्टोक सिटीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेल खेलेको छ । खेलमा युनाइटेडका आन माटाले १९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि स्टोक सिटीले सुरुवाति अग्रता उपहारमा पाएको थियो । तर इन्जुरी समयमा वायने रुनीले युनाइटेडको लागि गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो । गोल गरेसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको लागि स्ट्राइकर रुनी सर्वाधिक गोलकर्ता भएको छन् । शनिबार अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका रुनीले १ गोल गरेसँगै उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले सर बबी चाल्र्टनको कीर्तिमानलाई उछिन्दै २ सय ५० गोल गरेका हुन् । सन् २००४ मा इभर्टनबाट युनाइटेडमा आबद्ध भएका रुनीले उक्त कीर्तिमान ५ सय ४६ खेल खेलेर पूरा गरेका हुन् । उनले २०१५ मा चाल्र्टनको इङ्ल्यान्डबाट अन्तराष्ट्रिय फुटबलमा सवार्धिक गोल गर्ने कीर्तिमानलाई पनि भंग गरेका थिए । रुनीले १ सय ८० गोल प्रिमियर लिगमा गरेका छन् । ३९ गोल भने युरोपेली प्रतियोगितामा हो । उनले १ सय ३६ गोल घरेलु मैदानमा र १ सय ६ गोल अरुको मैदान र ८ गोल न्युट्रल मैदानमा गरेका छन् । बराबरीपछि २२ खेलबाट ४१ अंकसहित युनाइटेड छैटौं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड वायने रुनी स्टोक सिटी

विशेष