Technology

यसरी चलाउनुुस् नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा

यसरी चलाउनुुस् नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा
माघ–९ । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फाेरजी लन्च गरेको छ । हाल, यो सेवा काठमाडौँ र पोखरामा मात्र उपलब्ध छ । टेलिकमको फाेरजी कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ । आउनुस् यसबारे थाहा पाऔँ : कुन मोबाइलमा चल्छ ? तपाईको मोबाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध विकल्पमध्ये फोरजी-एलटीई रहे नरहेको बुझ्नुपर्छ । नेपाल टेलिकमको नेटवर्कमा फोरजी-एलटीई सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्यान्डमा काम गर्छ भन्ने सुनिश्चित गर्ने फोनको स्सपेसिफिकेसन गर्नुहोस् । सिमले काम गर्छ ? तपाइको आफ्नो मोबाइलबाट स्टार ४४४ हयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परीक्षण गर्न सक्नुहुन्छ । ८४४४३ डायल गर्दा यदि तपाइले हाल चलाइरहनुभएकोे टेलिकमको सिममा फोरजी नचल्ने रहेछ भनेर अपग्रेट गर्नुपर्छ भनेर सन्देश आउँछ । यदि अपग्रेड गर्नुस् भन्ने सन्देश आएमा काठमाडौँ उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चाबहिल, हात्तीगौँडा, गंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रकिृयामार्फत फोरजी चल्ने यू–सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । कति शूल्क लाग्छ ? फोरजी सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञासा हुन सक्छ । तर, यसमा आत्तिनुपर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन । तर, डाटा प्रयोग गर्दा अवश्य शुल्क लाग्छ । थ्रीजीभन्दा धेरै गुणा फास्ट हुने भएकाले महँगो होला कि भन्ने धेरैले सोच्लान् । तर फोरजी सेवा थ्री जी सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्नो ग्राहकलाई विभिन्न प्याकेज नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजबारे टेलिकमको आधिकारिक वेबसाईटमा अवलोकन गर्न सकिन्छ । कुन एपीएन प्रयोग गर्ने ? फोरजी सेवाको लागि प्रयोगमा आएको एनटीनेट वा एनटीवापमध्ये कुनै एक एपीएन तपाइको मोबाइलमा प्रयोग गर्न सकिन्छ । हालको डाटा प्याकेज के हुन्छ ? टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै, फोरजी सेवा सुरु भइसक्यो र नेटवर्क क्षेत्रमा हुनुहुन्छ भने फोरजीको स्पिडमै पुरानै प्याकेज उपयोक गर्न सकिनेछ । फोरजी सेवासम्बन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रकोे न्रम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ । –शुक्र्रबारबाट

इन्टरनेट सेवा नेपाल टेलिकम फोरजी

विशेष