समाज

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा  चालकको मृत्यु
माघ–९ । पिकअप भ्यानको ठक्करबाट गएराति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ । दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सख्त घाइते राईको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ठक्कर भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । रासस

झापा ठक्कर

विशेष