मनाङ मस्र्याङदी रारा गोल्डकपको सेमिफाइनलमा

माघ–९ । पोखरा रंगशालामा जारी १५ औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लब प्रवेश गर्न सफल भएको छ ।
आइतबार धरान फुटबल टिमलाई ४–१ गोलले हराउँदै मनाङ मस्र्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको लागि अनिल गुरुङ र सुजल श्रेष्ठले २–२ गोल गरेका थिए भने धरानका लागि दीपक राईले एक गोल गरेका थिए ।
आहा रारा गोल्डकप
धरान फुटबल टिम
मनाङ मस्र्याङदी