२० वर्ष पुराना गाडी सडकमा देखिएमा जफत गर्ने तयारी
माघ १० । वातावरण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाइने भएको छ ।
त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ । यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ ।
विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट ९भाडा० का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन ।
यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।
उपत्यका बाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ ।
नागरिक
Bus