समाज

गौतमबुद्धलाई भारतीय लेख्ने पुरस्कृत 

गौतमबुद्धलाई भारतीय लेख्ने पुरस्कृत 

माघ १० । देशको अखडता, सर्वाभौमिकता, भाषा, संस्कृति अनि इतिहामाथि हुने प्रहारलाई कुनै पनि देशले क्षम्य मान्दैन । त्यसैले यस्ता गतिविधि गर्ने जो सुकैलाई राज्यले अपराधको कोटीमा राख्दै कारबाही गर्ने गर्छ ।

तर, हाम्रो नेपालको अवस्था भन फरक छ । यहाँ खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिनेदेखि प्रमाणित इतिहासलाई बंग्याउनेसम्मका काम गर्नेहरुलाई उन्मुक्ति पाउँदै आएका छन् । पछिल्लो समय गौतमबुद्धबारे भ्रम सिर्जना गर्ने एक प्रकाशन गृहलाई कारबाही गर्नुको साटो सरकारी संस्थाले त्यतिकै उन्मुक्ति दिएको खबर छ ।

प्रशंग, शुभारम्भ पब्लिकेशन प्रालीले पाठ्यक्रम विकास केन्द्रबाट पाएको उन्मुक्तिको हो । विद्यालय तथा कलेज स्तरका पाठ्यपुस्तक प्रकाशन गर्दै आइरहेको यो प्रकाशन गृहले प्रकाशन गरेको एक पुस्तकमा गौतमबुद्धबारे अत्यन्तै भ्रामक विषय उल्लेख छ । यो प्रकाशन गृहले सामाजिक शिक्षा विषयमा गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनि लेखेको थियो । –साँघु साप्ताहिकबाट

विशेष