लिलामणि पौडेलको खुलापत्रले मुख्य सचिव सतर्क, तु काटे पत्र

माघ १० । चीनका लागि नेपाली राजदूत लिलामणी पौड्याल अहिले चीनमा रहेका छन् । चीनमा रहेका राजदूत पौड्यालले मुख्य सचिव सोमलाई सुवेदीलाई एउटा अनुरोध पत्र लेख्दै उनले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । त्यसको जवाफमा मुख्य सचिव सुवेदीले तत्काल कारबाही गर्नका लागि पत्र समेत लेखेका छन् । उनले लेखेको पत्र जस्ताको तस्तै हामीले राखेका छौं
मुख्यसचिव श्रीसोमलाल सुवेदीलाई हार्दिक अनुरोध ! विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा सम्लग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी मायागरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उँखेलेको समाचारले मलाई मर्माहत बनाएकोछ। समाचारबाट यस्तो काम परियोजनाको नाममा भएकोछ भन्ने आँकलन गर्न सकिन्छ। पुडासैनी मैत्री समाजको नेतृत्वमा गुह्येश्वरी माथि बागमतीमा भएको सरसफाईको काम समाज सेवाको सर्वोत्कृष्ट नमुना हो। उनीहरूको निस्वर्थ सेवालाई कुनै मुल्यमा नाप्न सकिदैन । स्वयमसेवाको त्यस्तो उत्कृष्ट काम नष्ट गरेर यो कस्तो संरक्षण गर्न खोजिएको हो मैले बुझिन ? शहरी विकास मन्त्रालय र अन्यत्रका बैठक तथा समारोहमा परियोजनाको कुरा उठ्नासाथ स्थानीय प्रयासलाई स्थानीय कै सम्लग्नतामा स्थानीय श्रोतको प्रयोग गरेर नदी संरक्षण गर्न र स्थानीयले गर्ने काम ठेक्का नलगाउन पदमै छंदा र त्यसपछि पनि मैले जोडदार आवाज उठाइरहेको स्मरण गराउदै उपर्युक्त काम तत्काल रोक्न आदेश दिनुहोस भन्ने आग्रह गर्दछु।
काम कसरी हुंदैछ भन्ने बारेमा परियोजना कहिलै पारदर्शी भएन। शंका कै भरमा सरकारी अधिकारीलाई पटकपटक स्थानीयले गर्नेकाममा महंगा कन्सल्ट्यान्ट नलगाउन मैले सार्वजनिक आग्रह गरेको र पछिल्लो मलाई विदाई गर्ने कार्यक्रममा प्रमुख अतिथि माननीय शहरी विकास मन्त्रीज्यूलाई समुदायको कामको संरक्षण गरिदिन सार्वजनिक आग्रह गरेको पनि जानकारी गराउंछु। बागमती सफाई अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाँअभियानलाई निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपाईको प्रशंसा गर्दछु।
साथै समुदायको अपनत्व र सकृयतामा मात्र महाँअभियानको सफलता र दीगो ब्यवस्थापन हुन्छ भन्ने विश्वास गर्ने थोरै निजामती कर्मचारीमा तापाई पनि पर्नुहुन्छ भन्नेमा मलाई दुविधा छैन। तपाईलाई मैले टेलीफोनमा यो कुरा भन्नसक्थें अथवा छुट्टै पत्र लेख्न सक्थें। तर स्वयमसेवी सबैको उत्प्रेरणा नमरोस भनेर समुदायको आत्मबल बढाउन मैले यो बाटो रोजेकोमा तपाईले अन्यथा लिनुहुने छैन भन्ने ठान्छु। परियोजनाले समुदायको कामको कदर गर्नै पर्छ। विरूवा आफुखुसी रोपिएका पनि होइनन्।
बागमती सभ्यता एकिकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा विरूवा रोपिएका हुन् । अहिले हुर्किसकेका विरूवा उंखेलेर फेरी नयाँ विरूवा हुर्काउन तीनचार वर्ष लाग्छ र खर्च पनि । समुदायको सहयोग जुटेन भने रोपेका विरूवा कस्ले संरक्षण गरिदिन्छ? समुदायको स्वस्फुर्त अभुतपुर्व सहभागिताको यतिठाडो अवमुल्यन भएपछि अव कहाँको कुन समुदायलाई बागमती सभ्यतमको संरक्षणमा लगाउने? तपाईको सार्थक हस्तक्षेपको प्रतिक्षामाछु । तपाईको मुख्यसचिवको कार्यकालको सफलताको शुभकामना !
लीलामणि पौड्याल बागमती सरसफाई अभियन्ता बेइजिङ
जवाफमा मुख्य सचिव सोमलाल सुवेदीले यस्तो पत्र काटेका छन् ।
