समाज

सहिद सप्ताह सुरु, प्रजातन्त्रका लागि प्राण आहुती दिनेको सम्झाना

सहिद सप्ताह सुरु, प्रजातन्त्रका लागि प्राण आहुती दिनेको सम्झाना

माघ १० । प्रजातन्त्रका लागि प्राण आहुति दिनेहरूको सम्झनामा शहीद सप्ताह शुरु भएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा बनाइएको शहीद सप्ताह मूल समारोह समितिले विभिन्न कार्यक्रम गर्दैछ । आइतबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा काठमाडौंको पचलीमा श्रद्धाञ्जलीसभा तथा माल्यार्पण कार्यक्रम गरिएको छ ।

जहानियाँ राणाशासनको विरोध गरेको आरोपमा १९९७ माघ १० गते शास्त्रीलाई टेकु पचलीमा मृत्युदण्ड दिएको थियो ।  यस्तै धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको ठाउँमा श्रद्धाञ्जलि कार्यक्रम गरिने महानगरपालिकाले जनाएको छ । माघ १६ गते शहीद दिवसका अवसरमा प्रभातफेरी र प्रधानमन्त्रीको उपस्थितमा मूल कार्यक्रम गरिने आयोजक मुल समितिले जनाएको छ ।

Sahid Saptaha

विशेष