मनोरञ्जन

फेसबुकमा रिक्वेष्ट एसेप्ट गर भन्दै गायक पाण्डेले दिए गायिका संगितालाई यस्तो दबाब

फेसबुकमा रिक्वेष्ट एसेप्ट गर भन्दै गायक पाण्डेले दिए गायिका संगितालाई  यस्तो दबाब

माघ १० । युवा पुस्ताहरुको मन जित्न सफल गायक भुपु पाण्डेर्ले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् ।

केही समय अगाडी एल्वम ‘मायावी’मा समावेश गीत ‘चम्पा’ र ‘सुरुमै काम सोधे’ जस्ता लोकप्रिय गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरेका गायक पाण्डेले अर्को गीत ‘एसेप्ट गर’ वोलको म्युजिक भिडियो बजार आएको हो ।

गीतमा गायक पाण्डेलाई गायिका संगीता थापाले साथ दिएकी छिन । उक्त गीत गीतकार एकेन्द्र खड्काले लेखेका हुन् । संगीत गायक पाण्डेले नै गरेका हुन ।

 भिडियो ‘एसेप्ट गर’मा मोडल एलिसा राईको अभिनय रहेको छ । युवाहरुलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतको म्युजिक भिडियोले धेरैको मन जित्न सफल हुने पाण्डेको दाबी छ ।

Bhupu Panday

विशेष