खेल

अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड ५ रनले विजयी, २–१ ले श्रृँखला भारतलाई

अन्तिम एक दिवसीयमा इंग्ल्याण्ड ५ रनले विजयी, २–१ ले श्रृँखला भारतलाई
माघ–१० । कोलकतामा आइतबार बेलुका सकिएको एक दिवसीयको तेस्रो तथा अन्तिम खेलमा भारतविरुद्ध इंग्ल्याण्ड विजयी भएको छ । एक दिवसीयको अघिल्ला दुई खेल गुमाइसकेको भारतले तेस्रो एक दिवसीयमा पाँच रनको जित निकालेको हो । खेलमा इंग्ल्याण्डले ८ विकेटको क्षतिमा प्रस्तुत गरेको तीन सय २२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ती सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको लागि ज्यासन रोयले ६५, बेन स्टोक नटआउट ५७, जोनी बयरस्टोक ५६ तथा कप्तान इयान मोर्गनले ४३ रन जोडेका थिए । भारतका लागि हार्दिक पाण्डेयले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिएका थिए । त्यस्तै लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टोलीबाट केदार जाधबले सर्वाधिक ९० रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ५६, कप्तान विराट कोहलीले ५५, युवराज सिंहले ४५ तथा महेन्द्र सिंह धोनीले २५ रन बनाए । इंग्ल्याण्डको जितको लागि बेन स्टोकले ३ तथा क्रिस वोक्स र ज्याक बलले २–२ विकेट लिए । अन्तिम खेलमा हारेपछि भारतले तीन एक दिवसीय खेलको श्रृँखला २–१ ले जितेको छ । भारत र इंग्ल्याण्डबिच दुई टी–२० खेल पनि हुनेछ ।

इंग्ल्याण्ड एक दिवसीय क्रिकेट भारत

विशेष