स्वास्थ्य

कास्कीमा ८ हजारले गरे स्वास्थ्य बिमा

कास्कीमा ८ हजारले गरे स्वास्थ्य बिमा
माघ - १० ।कास्कीमा आजसम्म आठ हजार २६ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गत पुस महिनाको १२ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गरेको थियो । दर्ता भएका मानिसको नाम कम्प्युटरमा राख्ने र तोकिएका अस्पतालमा २८ वटा उपचार सेवाका लागि सिफारिस गर्ने काम भइरहेको समितिका प्रबन्धक भगवान रेग्मीले जानकारी दिए। उनका अनुसार यो दर्ता प्रक्रिया जिल्लामा निरन्तर चलिरहने छ । १ सय १० जना दर्ता सहयोगी जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा खटिएका छन् । चालु आव २०७३/७४ मा कास्कीलगायत २२ जिल्लामा सो सेवा सुरु गरिएको समितिले जनाएको छ ।  ग्रामीण क्षेत्रमा खटिने एकजना दर्ता सहयोगीले एक हजार घर परिवारको र नगरपालिकामा खटिने एकजना दर्ता सहयोगीले एक हजार ५०० घरपरिवारको दर्ता गर्ने गरी तोकिएको छ । पाँचजनाको परिवार भएको एक घरका लागि रु दुई हजार ५०० र पाँचजनाभन्दा बढी परिवार भएको घरमा प्रतिव्यक्ति ४२५ थप दस्तुर लिई दर्ता गरिनेछ । स्वास्थ्य बिमा गरेको व्यक्ति बिरामी परेमा ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने र पाँचजनाभन्दा बढी व्यक्ति भएको घरपरिवारको व्यक्ति बिरामी परेमा रु ५० हजारभन्दा माथि प्रतिव्यक्ति १० हजारका दरले सुविधा थपिँदै जाने प्रबन्धक रेग्मीले बताए। रासस

Heath Insurance

विशेष