खेल

बार्सिलोना विजयी, रियल मड्रिडभन्दा दुई अंकले पछि

बार्सिलोना विजयी, रियल मड्रिडभन्दा दुई अंकले पछि
माघ–१० । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एइबरलाई ४–० ले हराउँदै जित निकालेको हो । गएराति बार्सिलोनाको जितको लागि डेनिस स्वारेज, लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरेका थिए । खेलको ३१ औँ मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । डेनिसको गोलसँगै बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता पाएको थियो । दोस्रो हाफ सुरु भएसँगै खेलको ५० औँ मिनेटमा मेस्सी तथा ६८ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै अग्रता ३–० को बनाए । इन्जुरी समयमा नेइमारले टोलीको लागि गोल थपेपछि बार्सिलोनाले ४–० को जित निकालेको हो । जितपछि तेस्रो स्थानमा रहेको बार्सिलोनाको १९ खेलबाट ४१ अंक भएको छ । एक खेल कप खेलेर शीर्ष स्थानमा रहेको रियल मड्रिडको भने ४३ अंक रहेको छ ।

एइबर बार्सिलोना स्पेनिस ला लिगा

विशेष