समाज

निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण

निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण
माघ - १० । पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मञ्चले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेश सभा र संसद्को निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद् र राजनीतिक दललाई सुझाव दिएको छ। अब केही दिनभित्रै निर्वाचनसम्बन्धी कानुन नआउने हो र चुनावको मिति घोषणा नहुने हो भने आगामी जेठभित्र चुनाव गराउने सम्भावना रहन्न भन्ने कुराप्रति सचेत रहन पनि मञ्चले आग्रह गरेको छ। नेपालको संविधानले संसद् सदस्य रहेको व्यक्तिमात्र मन्त्रिपरिषद्मा जान सक्ने व्यवस्था किटानी गरेकामा त्यस विपरीत निर्वाचन आयोगबाटै खारेज भएको दलका व्यक्तिलाई मन्त्रिपरिषद्मा नियुक्त गर्ने कार्यबाट संविधानको उल्लङ्घन भएकोतर्फ सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस्ता कार्यले राजनीतिमा नैतिक मूल्य मान्यताको ह्रास हुँदै जानेछ । यसलाई समयमै सच्याउन सचिवालय सरकारको ध्यान आकृष्ट गर्दछ ।'

election पूर्व सांसद मञ्च

विशेष