खेल

बालोटेलीको प्रश्न : फ्रान्समा रंगभेद छुट हो ?

बालोटेलीको प्रश्न : फ्रान्समा रंगभेद छुट हो ?
माघ–१० । इटालियन स्टाइकर मारियो बालोटेलीले फ्रेन्च लिग वानको नाईस क्लबमा आबद्ध भएर खेलेको समयमा मैदानमा कालो बाँदर भनेर हुटिङ गरिंरहदा पनि रेफ्रीले केही नगरेको गुनासो गरेका छन् । आइतबार बास्टिएविरुद्ध भएको खेलमा उनलाई कालो बाँदर भनेर बास्टिएका समर्थकहरुबाट हुटिङ गरिएको थियो । खेल सकिएपछि उनले फ्रेन्च लिग व्यवस्थापनसँग प्रश्न गरेका थिए,' के फ्रेन्च लिगमा रंगभेद छुट छ ?' उनले आफुलाइ कालो बाँदर भनेर अभद्र व्यवाहार गरेकोमा अनुसान्धनको माग राखेका छन् । उनले आफ्नो इन्टाग्रामको पेजमा यस्तो अभद्र घटनाले आफुलाइमात्र नभएर विश्व भरिका खेलाडीलाई दुःखी बनाएको बताए । ‘फ्रेन्च जनतासँग मेरो एउटै प्रश्न छ ? मैदानमा खेल खेल्ने सबै खेलाडि एकै स्तरको हुन् त्यहाँ सोतो वा कालो भन्ने हुन्न ।’ खेल मैदान छिर्नुअघि उनलाइ बास्टिएका समर्थकहरुले बोतलले बसमा प्रहार गरेका थिए । यसका साथै उनले कतै नभएको नियम फ्रान्समा भएको दाबी गरेका छन् । बालोटेली आबद्ध क्लब नाइसले आफ्नो खेलाडिलाई रंगभेद गरेकोमा स्तब्ध भएको जनाएको छ । नाइसले मैदानभित्र र बाहिर छुटै अनुसन्धान गर्ने बताएको छ । नाइसले आइतबार गरेको विज्ञप्तिमा भनिएको छ, हामी फ्रेन्च लिग व्यवस्थाकसँग पनि घटनाको छानविनका लागि आग्रह गछौँ । गत सिजन मात्र बालोटेली लिभरपुलबाट लोनमा फ्रेन्च क्लब नाइसमा आबद्ध भएका हुन् ।

फ्रान्स मारियो बालोटेली रंगभेद

विशेष