Technology

सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण ब्याट्री

सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण ब्याट्री
माघ–१० । दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङले ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण पत्ता लगाएको छ ।   सफ्टवेयर र हार्डवेयरको खराबी नभई ब्याट्रीको कारणले सामसुङ मोबाइल पड्केको कम्पनीले सोमबार बताएको छ । कम्पनीले व्यक्तिगत र अन्तराष्ट्रिय अनुसन्धानकर्ताको निश्कर्ष अनुसार ब्याट्रीमा खराबी देखिएको जनाएको छ । गएको अक्टोबरमा नोट सेभेन चार्ज गरेपछि वा चार्ज गरिरहँदा पड्किने र आगो लाग्ने समस्या भएको गुनासो आएको थियो । सामसुङको नोट सेभेन पड्किन थालेपछि अन्राष्ट्रिय विमानहरुमा पनि उक्त मोबाइल ल्याउन निषेध गरिएको थियो । घटनापछि कम्पनीले बजारमा पठाइसकेको २५ लाख फोन फिर्ता लिएको थियो । यसका कारण कम्पनीलाई ५ दशमलब ३ अर्ब डलरको नोक्सानी भएको थियो । सामसुङ स्मार्टफोन कारोबारका प्रमुख कोह डोंग जिनले कम्पनीका तर्फबाट माफी मागेका छन् ।

ग्यालेक्सी नोट सेभेन ब्याट्री सामसुङ

विशेष