नेपाल आर्मी आहा रारा गोल्डकपको सेमीफाइनलमा

माघ–१० । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा नेपाल आर्मी प्रवेश गर्न सफल भएको छ ।
सोमबार भएको खेलमा आर्मीले झापालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । नेपाली आर्मीलाई जित दिलाउन भरत खवास र नवयुग श्रेष्ठले १–१ गोल गरे ।
आहा रारा गोल्डकप
नेपाल आर्मी
सेमीफाइनल