देश

चितवन: कपास गोदाममा आगलागी, ६ लाखभन्दा बढीको क्षति

चितवन: कपास गोदाममा आगलागी, ६ लाखभन्दा बढीको क्षति
माघ - १० । चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी भएको छ। भरतपुर–१० स्थित शङ्कर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी हुँदा छ लाख रुपैयाँभन्दा बढीको क्षति भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। दिउँसो २ः३० बजे लागेको आगो करिब १०/१५ मिनेटकै अन्तरालमा नियन्त्रण गर्न सकिएकाले क्षति कम भएको चितवन प्रहरीले जनाएको छ। समयमै प्रहरीमा खबर आइपुगेकाले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। गोदाममा विद्युत् चुहावट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागी

विशेष