यसरी अपडेट गर्नुहोस् एस७ र एस७ एजमा एन्ड्रोइडको नोगाटा भर्सन


सामसुङ मोबाइल प्रयोगकर्ताले दुई मोडेलका मोबाइल सेटमा इन्ड्रोइडको नयाँ भर्सन अपग्रेड गर्न पाउने भएका छन् । सामसुङको ग्यालेक्सी एस७ र एस७ एजमा इन्ड्रोइडको हालैको भर्सन अपग्रेड गर्न मिल्ने भएको हो । यी दुई मोबाइल प्रयोगकर्ताले हालको भर्सनलाई सफ्टवेर अपग्रेट गरेर एन्ड्रोइडको नोगाटा भर्सनमा अपडेट गर्न सक्ने छन् । यसका लागि मोबाइल प्रयोगकर्ताले Settings menu/About Phone /System Updates क्लिक गरी अपग्रेटस् गर्न सक्ने छन् । सामसुङले यो सुविधा अन्य फोनमा पनि यसै अंग्रेजी वर्षको ६ महिना भित्र उपलब्ध हुनेगरी काम भइरहेको जनाएको छ । S7 and S7 edge Samsung