समाज

डिआइजीले अंग्रेजी नजानेपछि...

डिआइजीले अंग्रेजी नजानेपछि...

माघ ११ ।  नेपाल प्रहरीले इन्टरपोलको २३ औं क्षेत्रीय सम्मेलन सफलतापुर्वक सम्पन्न गरेर देशको छवी माथी उठाएको छ । सम्मेलनमा आएका तीन देशका प्रहरी प्रमुख तथा अन्य ३० देशका प्रतिनिधीहरुले भव्यताका साथ सम्मेलन सम्पन्न गरेकोमा प्रशंसा गरेका छन् ।

त्यो भन्दा महत्वपूर्ण कुरा यो सम्मेलनमा दक्षिण एसियालाई सुरक्षित बनाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपाल प्रहरीले पनि आफ्ना केही महत्वपूर्ण एजेन्डाहरु प्रस्तुत गरेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध ब्युरोबाट खासमा कार्यपत्र नै हुनुपर्ने थियो किनकी दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन नेपाल हुँदै विश्वका अन्य देशमा जाने गरेको छ । तर ब्यूरोका प्रमुख रहका डिआइजी जयबहादुर चन्दले यो विषयमा चासो दिएनन । अंग्रजी भाषा राम्रो नभएका कारण उनले यसमा चासो नदिएका हुन । बैठकमा अन्य देशले लागूऔषध तस्करीको विषयमा कुरा उठाउँदा पनि नेपाल प्रहरी अधिकारीहरुले त्यसमा चासो देखाएनन् ।

Jayabahadur chand

विशेष