खेल

संकटाले बंगलादेशी क्लबको सामना गर्दै

संकटाले बंगलादेशी क्लबको सामना गर्दै

माघ ११ , पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको क्वाटरफाईनलमा आज संकटा क्लब र बंगलादेशको नारायणगञ्ज फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रङ्गशालामा हुने खेलमा दिउँसो साढे २ बजे पछि सुरु हुनेछ । नेपाल पुलिस क्लबलाई २ –१ गोलले पाखा लगाउँदै संकटा क्वाटरफाईनल पुगेको हो ।

बंगलादेशको अर्को टोली फरासगञ्ज स्पोटीङ्ग क्लब नआउने भएपछि बंगलादेशी टोली नारायणगञ्ज फुटबल क्लब सोझै बाई पाएर क्वाटरफाईनल प्रवेश गरेको हो । यसअघि हिजो भएको खेलबाट त्रिभुवन आर्मी, झापा ११ लाई २ शु्न्य गोल अन्तरले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा आर्मीले आयोजक साहार क्लब सँग भोली प्रतिस्पर्धा गर्नेछ ।

Aharara Goldcup

विशेष