कालोपत्रे थालिएको दिक्तेल हलेसी सडक गुणस्तरहीन
माघ ११ । कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्ने भएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा(ढुङ्गा कमसल भएका कारण सडक गुणस्तरहीन बन्ने भएको हो ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा बिच्छ्याइएको ग्राभेल (रोडा(ढुङ्गा) अहिले नै फुटेर धुलो भएको स्थानीय भीम राईले बताए । “सडकमा बिच्छ्याइएको ग्राभेल फुटेर माटो जस्तै भएको छ ।”उनले भने, “अहिले नै ध्यान नपु¥याउने हो भने बनेको वर्ष दिनमै कालोपत्रे उप्किने निश्चित छ ।”
दुई वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडकमा अहिले ग्राभेलिङको काम भइरहेको छ । सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो, फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ ।
सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीय उद्दिम चाम्लिङले बताए । “प्रशासनकै आँखा अगाडि गुणस्तरहीन काम भइरहेको छ, “कामको जिम्मा लिने ठेकेदारलाई तत्काल प्रशासनमा झिकाएर कारबाही गर्नुपर्छ ।” उनले भने । कालोपत्रे गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन । निर्माणस्थलमा खटिएका इन्जिनियरले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् ।
जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर, सूर्यदेवी–कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्ष्भित्र कालोपत्र सम्पन्न गर्ने गरी काम थालिएको हो ।
करिब दश वर्षअघिदेखि यातायात सु्चारु भएको सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्तगतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको हो ।
Khotang Halesi