मनोरञ्जन

शाहरुखले लिए एक जनाको ज्यान यस्तो छ कारण

शाहरुखले लिए एक जनाको ज्यान यस्तो छ कारण

माघ ११ । शाहरुख फिल्म ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैका लागि उनी मुम्बाईबाट दिल्लीतर्फ लागे । जब, शाहरुखको ट्रेन बडोदरा स्टेशनको प्लेटर्फम नम्बर ६ मा रोकियो, १० मिनेट । यसैवीच त्यहाँ दुखद घटना घट्यो ।

सोमबार राती शाहरुख उक्त स्टेशनमा रोकिएका थिए । त्यहाँ उनलाई हेर्ने प्रशंसकको ठूलो भिड जम्मा भयो । त्यो अनियन्त्रित भिडमा च्यापिएर एक जनाले ज्यान नै गुमाए । दुई प्रहरी सहित चार जना बेहोस भए ।

६ मिनेटका लागि रेलवे स्टेशनमा रोकिएका शाहरुखको एक झलक हेर्न प्रशांसकको ओइरो लाग्यो । उनीहरुले ट्रेनको शिसा ढकढक्याउन थाले । त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज गर्नुर्पयो । त्यहाँबाट रेल अघि बढ्नै लाग्दा भिडमा भागदौड मच्चियो । यहि भागदौडमा एकजना प्रशंसकले ज्यान गुमाए ।

Sarukh Khan

विशेष