देश

मनाङ जोड्ने सडक तीन साता बन्द हुने

मनाङ जोड्ने सडक तीन साता बन्द हुने
हिमालपारिको जिल्ला मनाङ जोड्ने एकमात्र सडक तीन साता बन्द हुने भएको छ । बेंसीसहर–चामे सडकखन्डअन्तर्गत् लमजुङको ताघ्रिङखन्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवत–जावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ । डिभिजन कार्यालयकाअनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ । सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुुङका प्रअिज मोहन जिसीले बताए । सो सडकखन्डमा अतिजोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।

बेंसीसहर–चामे सडक मनाङ सडक

विशेष