खेल

आहा रारा गोल्डकपः त्रिभुवन आर्मी र आयोजक साहारा भिड्दै

आहा रारा गोल्डकपः त्रिभुवन आर्मी र आयोजक साहारा भिड्दै

माघ १२ । पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा संकटा क्लबले बंगलादेशको नारायणगञ्ज क्लबलाई २–० गोल अन्तरले हराउंदै सेमिफाइनको यात्रा तय गरेको हो । अब संकटाको फाइनल प्रवेशका लागि भेट चार पटकको आहा रारा गोल्डकपको च्याम्पियन मनाङ मस्याङ्दी क्बलसंग हुनेछ । यस अघिको च्याप्पियन मनाङले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको हो ।

त्रिभुवन आर्मीले आज आयोजक साहारा क्लबसंग हुनेछ । आयोजक साहारा क्लबले एक पटक रारा गोल्डक कपको उपाधि जितेको हो भने त्रिभुवन आर्मीले अहिले सम्म उपाधि जित्न सकेको छैन ।

Aaha Rara Gold cup

विशेष